सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

लायन्स र लियो क्लब देवदहद्वारा वृक्षरोपण कार्यक्रम सम्पन

लायन्स र लियो क्लब देवदहद्वारा वृक्षरोपण कार्यक्रम सम्पन

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    लायन्स र लियो क्लब देवदहद्वारा वृक्षरोपण कार्यक्रम सम्पन
    images
    images
    images

    निर्मल एसपी मगर। साउन १० ,देवदह।

    ads.gif

    images
    images
    images

    लायन्स क्लब अफ देवदह र लियो क्लब अफ देवदहले संयुक्त रुपमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेका छन् ।लायन्स क्लबले आज नाग पण्चमीको अवसर पारी देशभर १११११ ओटा बिरुवा रोप्ने कार्यक्रम अन्तर्गत देबदहमा पनि वृक्षरोपण गरिएको हो।

    लायन्स क्लबले देवदह पाँचको बैकुण्ठनगर नगरमा निर्माण गरिरहेको आँखा अस्पतालको प्राङ्गणमा आँप ,लिची ,मेवा,बेलाउटी,अमला ,धुपी लगायतको बिरुवा रोपिएको हो।सामाजिक कार्यमा कृयाशिल लायन्स क्लब देवदहमा २०१५ सालमा स्थापना भै स्थापना काल देखीनै निस्वार्थ ,स्व स्फुर्ट रुपमा समाज सेवामा लागिरहेको र लागिरहने चार्टर प्रेसिडेन्ट डिपार्टमेन्ट चिफ लायन्स बिष्णु प्रसाद पौडेलले बताउनुभयो।

    स्थानीयको साथ सहयोग र सक्रियतामा आँखा हस्पिटलको सचिवालय सम्पन्न भैसकेको र सचिवालय भवन बाटै क्लिनिक संचालन गरिने र हस्पिटलको भवन निर्माणको काम समेत भैरहेको र समयमै सम्पन्न गरिने बताउनुभयो।

    २०२०,२१ मा १४ वटा सामाजिक कार्य गर्ने योजना रहेको लायन्स क्लब अफ देवदहका २०२०/२१ का अध्यक्ष लायन्स राम बहादुर गुरुङले बताउनु भएको छ।समाजसेविहरुको सहयोग र स्थानीयको सक्रियतामा आँखा हस्पिटल निर्माण हुन गैरहेको ,त्यस्तै सामाजिक कामहरु पनि गरिरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो।

    कार्यक्रममा चार्टर चार्टर प्रेसिडेन्ट नर बहादुर नेपाली,अजय चापागाईं,सुनिल गिरि ,लियो क्लब अफ देवदह बर्ष२०२०,२१ का अध्यक्ष श्रदा केसि ,लगायत लायन्स क्लब र लियो क्लबका सदस्यहरुको सहभागिता रहेको थियो।

    कार्यक्रम लायन्स क्लब अफ देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता,चार्टर प्रेसिडेन्ट ,डिपार्टमेन्ट चिफ बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता, कार्यक्रममा संयोजक बोधराज गौडेलको स्वागत र उपाध्यक्ष लायन्स बिनोद थापा मगरको संचालनमा सम्पन्न भएको थियो।

     

    images
    images
    • शनिवार, श्रावण १० २०७७११:१४:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij