लुम्बिनी पाना, देवदह । स्वतन्त्र विद्यार्थी युनियन, देवदह आदर्श बहुमुखी क्याम्पसको आयोजनामा सञ्चालित जिल्लास्तरीय अन्तर क्याम्पस पुरुष भलिबल प्रतियोगिता उद्घाटन समारोह सम्पन्न भएको छ। समारोह युनियनका अध्यक्ष अश्विन न्यौपानेको अध्यक्षता तथा देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
उद्घाटन कार्यक्रममा देवदह नगरपालिका प्रवक्ता गणेश डुम्रे, देवदह–७ का अध्यक्ष कृष्ण अधिकारी, देवदह–९ का अध्यक्ष मोहन जिसी, रुपन्देही जिल्ला भलिबल संघका अध्यक्ष सुरेन्द्र शाक्य, क्याम्पस प्रमुख बासुदेव रिमाललगायत विभिन्न विद्यालयका शिक्षक तथा संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
उद्घाटन खेल देवदह आदर्श व्हाइट र ग्रीन प्लान्टबीच सम्पन्न भएको थियो। प्रतिस्पर्धात्मक खेलमा आयोजक देवदह आदर्श व्हाइटले २५–१६, २०–२५ र १५–९ को सेटमा जित हात पार्दै प्रतियोगिताको सुखद सुरुवात गरेको छ।
प्रतियोगिताले जिल्लाका क्याम्पसहरूबीच खेलकुद विकास, आपसी सद्भाव र प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुग्ने आयोजकले विश्वास व्यक्त गरेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij