सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह -५ द्वारा आयोजित टोल स्तरीय फुटबल : उपाधीका लागी कोलुवा र प्रगति टोल भिड्ने

देवदह -५ द्वारा आयोजित टोल स्तरीय फुटबल : उपाधीका लागी कोलुवा र प्रगति टोल भिड्ने

images
  • 664
    SHARES

  • images
    images
    images
    देवदह -५ द्वारा आयोजित टोल स्तरीय फुटबल : उपाधीका लागी कोलुवा र प्रगति टोल भिड्ने
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । प्रथम टोलस्तरीय सेभेन साईड मैत्रीपूर्ण फुटवल प्रतियोगिताको फाईलनमा कोलुवा शान्ति टोल र प्रगति टोल विकास संस्था भिड्ने भएका छन् । 

    सेमिफाईनल खेलमा कोलुवा शान्ति टोलले गुरुङ्गटोल टोल विकास संस्था र प्रगति टोल विकास संस्थाले नमुना टोल विकास संस्थालाईं हराउदै फाईनलमा प्रवेश गरेको हो ।

    images
    images
    images

    प्रतियोगिता अन्तर्गत भएको पहिलो सेमिफाईनल खेलमा १ का विरुद्ध ५ गोल गर्दै कोलुवा शान्ति टोल विकास संस्था फाईनलमा प्रवेश गरेको हो । खेलमा जर्सी नम्वर ५ का विवेक सिंजालीले २ गोल, जर्सी नम्वर १५ का कुलवीर घर्ती, जर्सी नम्वर २ का बोमबहादुर रखाली र जर्सी नम्वर ७ का असिम विकले १÷१ गोल गरेका थिए ।

    यसैगरी गुरुङटोला टोल विकास संस्थाका खेलाडी जर्सी नम्वर १३ का रमित चौधरीले १ गोल फर्काउन सफल भएको थियो । यसैगरी दोश्रो सेमिफाईनल खेलमा सून्यका विरुद्ध ४ गोल गर्दै प्रगति टोल विकास संस्था फाईनलमा प्रवेश गरेको छ । खेलमा जर्सी नम्वर ९का गणेश गौतमले २ गोल, जर्सी नम्वर २ का नविन पौडेल र जर्सी नमवर ७ का निश्चल पौडेलले १÷१ गोल गरेका थिए ।

    देवदह नगरपालिका–५, को आर्थिक सहयोग र वडास्तरीय खेलकुद समितिको आयोजनामा भएको प्रतियागिताका विजेताले नगद १५ हजार र उपविजेता टिमले नगद १० हजार ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक नविन लुईटेलले जानकारी दिनु भयो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij