सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बाढीपहिरोमा परी बाग्लुङमा चार जनाको मृत्यु

बाढीपहिरोमा परी बाग्लुङमा चार जनाको मृत्यु

images
  • 1.8K
    SHARES

  • images
    images
    images
    बाढीपहिरोमा परी बाग्लुङमा चार जनाको मृत्यु
    images
    images
    images

    श्रावण १३,बाग्लुङ।बाग्लुङका विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ ।

    घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहेकी आमा होमकुमारी विक गम्भीर घाइते भएकी छन् ।

    images
    images
    images

    उनलाई उपचराका लागि अस्पताल पठाउने तयारी भइहेको छ । पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा हुनुहुन्छ । घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रनाउ रेग्मीले बताए ।

    निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ । उनको पहिचान नखुलेको जनाइएको छ ।

    ads.gif

     

    images
    images
    • मंगलवार, श्रावण १३ २०७७०९:११:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij