सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

वडाकप भलिवल प्रतियोगिताको उपाधी देवदह–७ लाई

वडाकप भलिवल प्रतियोगिताको उपाधी देवदह–७ लाई

images
  • 601
    SHARES

  • images
    images
    images
    वडाकप भलिवल प्रतियोगिताको उपाधी देवदह–७ लाई
    images
    images
    images

    गोविन्द घर्ती, देवदह। रुपन्देहीको देवदहमा आयोजित नगरस्तरीय वडाकप भलिवल प्रतियोगिताको उपाधी देवदह–७, ले हात पारेको छ । प्रतियोगिता अर्न्तगत भएको फाईनल खेलमा देवदह–१०, लाई सोझो सेटमा पराजित गर्दै देवदह–७, ले उपाधी हात पारेको हो । फाईनल खेलमा २५–११, २५–१९ र २५–१७ मा तिन सेट जित्दै देवदह–७, ले उपाधी जितेको हो ।

    खेलमा वडा नम्वर १० ले कुनैपनि सेट जित्न सकेन । उपाधी हात पारे संगै देवदह–७, ले नगद ३१ हजार, ट्रफी प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा उपविजेता बनेको देवदह–१०, ले नगद २१ हजार, ट्रफी प्राप्त गरेको छ । सेमिफाईलन खेलमा देवदह–७, ले वडा नम्वर ६, लाई सोझो सेटमा र देवदह–१०, ले वडा नम्वर ५ लाई सोझो सेटमा हराउदै फाईनलमा प्रवेश गरेको थियो । पहिलो सेमिफाईनल खेलमा २५–२२, २५–२३ को सोझो सेटमा वडा नम्वर ६, सरनवारीलाई हराउदै देवदह–७, फाईनलमा प्रवेश गरेको थियो । यसैगरी दोश्रो सेमिफाईनल खेलमा २५–१८, २५–१६ मा सोझो सेट जित्दै वडा नम्वर १०, फाईनलमा प्रवेश गरेको थियो । 

    images
    images
    images

    यसैगरी प्रतियोगिता अर्न्तगत भएको तेश्रो स्थानको लागि भएको खेलमा वडा नम्वर ५, विजयी हुदै नगद ११ हजार र ट्रफी प्राप्त गरेको खेल संयोजक राजेन्द्र धमेलले जानकारी दिनु भयो । तेश्रो स्थानको लागि भएको खेलमा वडा नम्वर ६, सरनवारीलाई २५–१५, १५–११ मा दुई सेट वडा नम्वर ५, ले तेश्रो हुन सफल भएको छ । खेलमा वडा नम्वर ६, सरनवारीले २५–१५ मा एक सेट जित्न सफल भएको थियो । प्रतियोगिताका विजेता खेलाडीलाई देवदह नगरपालिका–७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारीले पुरस्कार प्रदान गर्नु भएको थियो । 

    वडास्तरीय खेलकुद विकास समिति देवदह–७, को आयोजना र देवदह नगरपालिका–७, वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरेको हो । वडास्तरीय खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकान्त खरेलको अध्यक्षता र दिलकुमार विकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij