प्रदेश ५ सरकारको एक स्थानीय तह एक खेलमैदान निर्माण गर्ने नीति अन्तर्गत देवदह नगरपालिकामा निर्माण हुन लागिरहेको सहिद नर बहादुर स्मृति खेलमैदान निर्माण सम्पन्न नहुदै विवादित बनेको छ।
देवदह नगरपालिका वडा नम्बर ५ को पानावारीमा निर्माण हुन गैरहेको खेल मैदानको फिलिंगको लागि जिम्मा पाएको हेटौडाको सास्वत कन्ट्रक्सनले जिम्मा लिई काम गरेको र अहिले काम भएको भन्दा बढी रकम दाबि गरेको भन्दै देवदह नगरपालिकाले पुन:मुल्यांकन गर्नको लागी प्रदेश सरकारलाइ पत्र पठाएको थियो।

तर प्रदेश सरकारले २०७५ ,७६ को लागि खेल मैदान निर्माणको लागि बजेट बिनियोजन भएको र आर्थिक बर्ष 0७५ ,७६ पश्चात खेलकुद मैदान आयोजनाको लागि थप बजेट बिनियोजन तथा बहु बर्षीय श्रोत सुनिष्चीत प्रदान नगरिएकोले देवदह खेलकुद स्टेडीयमको यसबर्ष पुनः मुल्यांकन गर्न मन्त्रालयबाट नमिल्ने पत्र देवदह नगरपालिकालाई पठाएको छ ।
सामाजिक संजालमा सरोकारवालाहरुले कामको मुल्यांकन नभैकन किन चेक काटियो ?फेरि किन काम भएको छैन भनेर रकम निकासा रोकियो ?काम के कति भएको छ ? सत्य तथ्य नगरपालिकाले प्रस्ट पार्नु बताउदै आएका छन।



Copyright © All right reserved to Lumbini Pana Site By: Sobij