सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा सुनचाँदी व्यवसायीबीच जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

देवदहमा सुनचाँदी व्यवसायीबीच जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

images
  • 437
    SHARES

  • images
    images
    images
    देवदहमा सुनचाँदी व्यवसायीबीच जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। देवदह सुनचाँदी व्यवसायी संघ, रुपन्देहीको आयोजनामा पहिलो पटक जिल्ला स्तरीय सुनचाँदी व्यवसायीहरु बिच ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो।

    सुनचाँदी व्यवसायीहरूबीच आपसी सद्भाव, भाइचारा र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले तथा खेलकुदमार्फत स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गराउने लक्ष्यसहित संस्थाको छैटौं वार्षिक साधारणसभाको अवसरमा प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष इन्द्रबहादुर सुनारले जानकारी दिनुभयो। उहाँका अनुसार व्यवसायीहरूको व्यस्त दैनिकीबाट केही समय खेलकुदमा सहभागी भई शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहने उदेश्य अनुरुप प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।

    images
    images
    images

     

    1770113987842.jpg

     

    प्रतियोगिता खुल्ला पुरुष डबल र भेट्रान्स (४५+) समूहमा सञ्चालन हुनेछ। दुवै समूहका लागि दर्ता शुल्क रु. २,००० तोकिएको छ। प्रतियोगितामा खुला पुरुष डबल र भेट्रान्स दुबैतर्फ प्रथम हुनेले रु. ११,००० द्वितीयले रु. ६,६०० र तृतीयले रु. ४,४०० नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै विजेता खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने मूल खेल संयोजक सुवास खातीले जानकारी दिनुभयो ।

    प्रतियोगिता फागुन ९ गते देवदह ब्याडमिन्टन कभर्ड हलमा सञ्चालन हुने र फागुन ७ गतेसम्म नाम दर्ता गर्न सकिने भेट्रान्स संयोजक धन बहादुर खड्काथोकीले जानकारी दिनुभएको छ। प्रतियोगितामा रुपन्देही जिल्लाभित्रका सुनचाँदी व्यवसायी तथा कालिगढहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको संयोजक खातीले जानकारी दिनुभयो।

    संघले प्रतियोगिताले सुनचाँदी व्यवसायीहरूबीच आपसी सद्भाव, स्वास्थ्य सचेतना र व्यवसायिक एकताको भावना विकास गर्ने विश्वास लिएको जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij