सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बिज्ञान थापा बने फिटनेस टाइम क्लाशिक च्याम्पियन 

बिज्ञान थापा बने फिटनेस टाइम क्लाशिक च्याम्पियन 

images
  • 504
    SHARES

  • images
    images
    images
    बिज्ञान थापा बने फिटनेस टाइम क्लाशिक च्याम्पियन 
    images
    images
    images

    लुम्बिनी पाना, बुटवल । सैनामैना ३  मुर्गियामा संचालित फिटनेस टाइम जिम क्लबकाे आयोजनामा  बिहिवार सम्पन्न  भएको फिटनेस टाइम  क्लासिक २०८२ शारीरिक सुगठन प्रतियोगिताकाे उपाधि बिज्ञान थापाले जितेका छन् । फाइलन चरणमा बिजेता बनेका थापाले ले नगद ६ हजार  सहित मेडल र ट्रफी प्राप्त गरे । उनले पाँचबटा बिधामा भएको प्रतिस्पर्धात्मक प्रतियोगितामा वाकि १४ जना खेलाडीलाई पछि पर्दै  उपाधि आफ्नो पक्षमा पारेको थिए ।

    चर्चित  अन्तर्राष्ट्रिय शारीरिक सुगठन खेलाडी कृष्ण श्रेष्ठद्वारा मुर्गियामा  संचालित फिटनेस टाइम जिम क्लबकाे आयोजना भएको  क्लबस्तरीय  सदस्य वीच भएको साे प्रतियोगिता सैनामैना नगरपालिकामा पहिलोपटक शारीरिक सुगठन प्रतियोगिता भएको क्लबका संचालक श्रेष्ठले वताए। नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष सितु प्रसाद श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएको साे प्रतियोगितामा रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष राजकुमार श्रेष्ठले निर्णायककाे भुमिका निर्वाह गरेका थिए।

    images
    images
    images

    साे कार्यक्रममा सैनामैना नगरपालिकाका नगर खेलकुद बिकास समितिका अध्यक्ष खेम श्रेष्ठ मुर्गिया इलाका  प्रहरी कार्यालयका निरीक्षक प्रहलाद  केशी लगायतको उपस्थिति रहेको थियो । आउदो चैत्र ६ र ७ गते बुटवलमा हुदै गरेको मिष्टर रामापिथेकस राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताकाे तयारी स्वरुप साे प्रतियोगिता संचालन गरेकाे आयाेजकले बताए ।

    साे प्रतियोगितामा बिधागत बिजेता क्रमशः प्रविन पाैडेल,संदिप ज्ञवाली,कपिल घर्ती, संदिप पुन बिजेता भएका थिए । उपबिजेताहरुले ४,३,२ हजार १५ सय नगद सहित ट्रफी प्राप्त गरेका थिए । बिजेता खेलाडीलाई प्रमुख अतिथि सितु प्रसाद श्रेष्ठ श्रेष्ठ, राजकुमार श्रेष्ठ लगायतले पुरस्कार बितरण गरेका थिए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij