सन्देश ढुंगानाको संदेस मुलक तिज गित कोरोनाको छायांकन सम्पन्न

देवदहका युवा सन्देश ढुंगानाको तिज गित कोरोनाको छायांकन सम्पन्न भएको छ।
श्रीनगर फिल्मस प्रालिको ब्यानरमा निर्माण हुन गैरहेको तिज गित कोरोनाको रास्ट्रीय कलाकार तथा तेजु अर्याल र अमृत अर्यालको व्यवस्थापन तथा मनिष पन्थले छायांकन गरेका हुन।
संदेस मुलक उक्त गीतमा सन्देश ढुंगाना र सुनिता थापाको अभिनय तथा नविना थापा मगरको टिमले कोरियोग्राफर गरेका छन्। मेकअप मेनुका थापाको रहेको छ।
विश्व ब्यापी फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिएको र यसको प्रभाव नेपालमा अझै कायम रहेको अवस्थामा श्रोत तथा दर्शकलाई केहि भएपनि चेतना दिन सकियोस भन्ने उदेश्यले कोरोना बोलको तिज गित बजारमा ल्याउन लागेको निर्माता सन्देश ढुंगानाले जानकारी दिए।
मनिष पन्थको निर्देशन रहेको गितमा संगीत रेखा पौडेलको संगीत र सुनिता थापा र संजिब कुमार पौडेलले आवाज दिएका छन भने यहि हप्ता भित्र बजारमा सार्बजनिक गरिने निर्माता सन्देश ढुंगानाले जानकारी दिनुभएको छ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij