सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधी पुनः बुद्द पब्लिकलाई

राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधी पुनः बुद्द पब्लिकलाई

images
  • 300
    SHARES

  • images
    images
    images
    राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधी पुनः बुद्द पब्लिकलाई
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदहमा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले जितेको छ। फागुन १ देखि ३ गतेसम्म तीन दिन सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयले ११ स्वर्ण पदकसहित रनिङ शिल्ड उचालेको हो।

    नगरभित्रका सामुदायिक तथा संस्थागत गरी कुल २७ विद्यालयका १ हजार १८१ विद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगितामा भलिबल, कराते, एथलेटिक्स र कबड्डी विधामा प्रतिस्पर्धा गरिएको थियो।

    images
    images
    images

    उपाधि विजेता देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालय ले कुल ११ स्वर्ण, १० रजत र ६ कास्य पदक जित्दै पहिलो स्थान हासिल गर्यो। प्रतियोगितामा सगरमाथा आवासीय माध्यमिक विद्यालयले ६ स्वर्ण, ६ रजत र ७ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गर्यो।३ त्यस्तै, ग्रीनप्लान्ट आवासीय माध्यमिक विद्यालय ले ५ स्वर्ण, ४ रजत र १० कास्य पदक जित्दै तेस्रो स्थान हासिल गर्यो भने सेभेन स्टार माध्यमिक विद्यालय ४ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित चौथो स्थानमा रह्यो।

    प्रतियोगितामा प्रथम भएको बुद्ध पब्लिक आवासीय माविले २५ हजार रुपैयाँ, द्वितीय स्थान हासिल गरेको सगरमाथा आवासीय माविले १५ हजार रुपैयाँ र तृतीय स्थानमा रहेको ग्रीनप्लान्ट आवासीय माविले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

    विजेता खेलाडीहरुलाई नगर प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ, नगर खेलकुद विकास समितिका पदाधिकारीहरुको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो।

    यसअघि पहिलो राष्ट्रपति रनिङ शिल्ड देवदह माध्यमिक विद्यालय ले जितेको थियो भने दोस्रो संस्करणमा बुद्ध पब्लिक आवासीय मावि विजेता बनेको थियो। यस वर्ष तेस्रो संस्करणको उपाधि पुनः बुद्ध पब्लिकले जित्दै प्रतियोगितामा आफ्नो वर्चस्व कायम राखेको छ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij