निर्मल एसपी मगर
श्रावण १७ ,देवदह। रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ६ मा रहेको सरनबारी गाउँ पर्यटकीय सम्भावना बोकेको ठाउँ हो। तर सरनबारी जोड्ने खोलामा पुल नबन्दा सरनबारीका स्थानीयले बर्षौ देखि समस्या झेल्दै आएका छन्।

देवदह बुद्दनगर वाट करिब ३ किलोमिटर उत्तरमा अवस्थित सरनबारी गाउँ पर्यटकीय सम्भावना बोकेको र आर्गानिक तरकारी उत्पादन हुने गाउँ भनेर पनि चिनिन्छ। स्थानीय सरकारले कृषि पकेट क्षेत्र र होमस्टे बनाउने भनेर घोषणा गरे पनि घोषणामै सिमित हुने हो कि भनेर चिन्तित छन्। पहिले सरन ताड़ी भनिए पनि हाल सरनबारी भनेर परिचित छ। चुनाबको बेला राजनीतिक दलको घोषणा पत्रमा पहिलो नम्बरमा पुल बनाउछौ भनेर लेखिए पनि त्यो कुरा घोषणा पत्रमै सिमित भएको स्थानीय धन बहादुर रानाले बताए।

सरनबारी गाउँको बिद्यालयमा हाल ७५ जना बिद्यार्थी रहेको र दुइ जना मात्रै स्थायी दरबन्दी रहेको बाकि ४ जना शिक्षकलाइ प्रति घर मासिक १०० रुपैया उठाएर केहि नगरपालिकाको सहयोगमा तलब दिदै आएको धन बहादुर रानाले बताए।

२०६४ सालमा सरहन काली कृषि सहकारी सस्था स्थापना गरि २०६५ साल बाट आर्गानिक कृषि गरि तरकारी उत्पादन सुरु गरिएको सहकारीका अध्यक्ष मान बहादुर गाहाले बताए। लौरे सिमी,पिडालु ,तरुल ,लसुन ,आलु ,टमाटर लगायत तरकारी बिक्रि वाट मासिक करिब ४ करोड आम्दानी हुने र नगरपालिकाले उचित सहयोग र व्यवस्थापन गर्न सके देवदहलाई पुग्ने तरकारी उत्पादन गर्न सकिने र कृषिमा आत्मनिर्भर हुन् सकिने अध्यक्ष गहको भनाइ रहेको छ। तर बजार सम्म तरकारी ल्याउने पुल नहुदा तरकारी खेर गैरहेको स्थानीयको गुनासो रहेको छ।
गाउँलाई पर्यटकीय क्षेत्रको रुपमा अगाडी बढाउन क्लिनेस्ट भिलेज अभियान संचालन गरिन युवाहरु सक्रिय रुपमा लागिरहेको स्थानीय युवा लोक बहादुर जर्घाले बताउनु भयो। भौतिक पूर्वाधार ,स्वास्थ्य र सुद्द खानेपानीको अभाव रहेको सरनबारी गाउँको खोलामा पुल नहुदा बिरामीलाई हस्पिटल लैजान समस्या रहेको छ।

देवदह नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दामोदर क्षेत्रिले आफुले नगरपालिकाको कार्यपालिका बैठकमा पटकपटक कुरा उठाएको र प्रदेश र संघमा पनि पुल बनाउन पहल गरिएको बताउनु भयो। यो बर्षको नीति तथा कार्यक्रममा डीपीआर गर्ने उल्लेख गरिएको उहाले बताउनु भयो। पुल मात्रै बनाउन सके सरनबारी गाउको धेरै समस्या स्वत समाधान हुने क्षेत्रिले बताउनु भयो।

डीपीआरको लागि कुरा भैरहेकोले भदौ महिना भित्र डीपीआर बनाउने देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्रीले बताउनु भयो।
प्रदेश सांसद डा कृष्ण न्यौपानेले यहि आर्थिक बर्ष भित्र पुल निर्माणको काम अघि बढाउने बताउनु भयो।



Copyright © All right reserved to Lumbini Pana Site By: Sobij