रामचन्द्र तिम्सिना
ब्यवस्था फेरियो शैली उहीँ रह्यो,
फेरियो चाहिँ के त ??
जहानिया राणा, निरंकुश पञ्चायत, अराजक बहुदल, भ्रष्ट गणतन्त्र र मतियार लोकतन्त्र प्रत्यक्ष रूपमा देखियो।केही भक्त र पुजारिलाई अपवादमा राखेर सोच्ने हो भने यो ब्यवस्था यो शैली र यो प्रणाली सहि छ भन्ने सर्वसाधारण कोहि पनि भेटिएन। यद्यपि केही गणतन्त्रका हिमायतिहरु रक्षार्थ नउभिएका भने होईनन।एकपटक छातिमा हात राखेर आफैलाई प्रश्न गर्ने साहश गर्नुस त के पाए मैले र यो देशले आज ?
शैली, पद्धति र परम्परा केहीमा छ फरक ?
ब्यवस्था फेरियो विधि उहीँ रह्यो।
जहानिया राणाले भाईभतिजा पोस्थे अहिले त्यही छ।
जहानिया राणामा नातावाद हावी थियो अहिले पनि त्यही छ।
पञ्चायती जस्तो चुनाव अहिले पनि कायम छ।
हत्याहिंसा ,लुटपाट यथावत छ।
ठुलालाई चैन सानालाई ऐन यथावत छ।
सामन्ती संस्कार झन मौलाउँदैछ।
गरिबले न्याय र छोरी चेलिले अझै निर्धक्क हिड्न पाएका छैनन।
जातिय र धार्मिक विभेद अझै हटेको छैन ,वर्गीय असमानता झन बिकराल बन्दैछ।
अनि फेरियो चाहिँ के त ?
# रास्ट्रपतिको गलैंचा ?
# प्रधानमन्त्रीको कुर्सी ?
# मन्त्रीको गाडी ?
# नेताको घर ?
# गुण्डाको जिवनशैली ?
# ब्यापारिको महल ?
किसानिको ब्यथा उस्तै छ,
गरिबिको कथा उस्तै छ,
शिक्षामा ब्यापार ,स्वास्थ्यमा व्यापार सर्वसुलभ अझै भएको छैन, पिछडिएका वर्ग र उत्पीडित जाती उपल्लो तहमा पुगेका छैनन् ।
``तावोबाट उफ्रेर भुङ्रोमा´´ भने जस्तो मात्र राणाको बिकल्प राजा, राजाको बिकल्प कांग्रेस ,कांग्रेसको विकल्प कम्युनिस्ट ।
जंङ्गे ठिक कि त्रिभुवन ?
ज्ञानेन्द्र ठिक कि शेरे, माकुने, ओलि-प्रचण्ड ?
प्रश्नै प्रश्न अझै तर अनुत्तरित, हलो अड्काएर गोरु पिटे जस्तो ।
मुखियाको जस्तो दादागिरी अध्यक्षको, जिम्मलको जस्तो दादागिरी वडाध्यक्षको अनि फेरियो चाहिँ कोहो त भन्दा ब्यक्ती, यदि ब्यक्ती मात्रै फेरिनु थियो भने यत्रो क्रान्ती र आन्दोलन किन प्वाक्क मारिदियो सकियो होईन र ?
जनता भन्दा धेरै नेता, नेता भन्दा धेरै पार्टि आ-आफ्नै मुखौटो सिद्धान्त तर शैली एउटै विधान एउटै इन्द्रजाल जस्तो मोहनी लगाउने सत्तामा पुर्याउने।
आमजनमानसले चाहेको ब्यक्ति फेरिनु होईन ब्यवस्था फेरिनु पर्थ्यो शैली र परम्परा फेरिनु पर्थ्यो। तर ब्याक्ति
फेरिनुलाई नै ब्यवस्था सोच्ने हो भने निर्णायक आन्दोलन बाँकी नै छ, निर्णायक क्रान्ती अझै बाँकी नै छ।गोलाबारुदले होईन बिचारले, पार्टिको झण्डा लिएर होईन देशको झण्डा लिएर ।आउनुस फेरि एकपटक रास्ट्रभक्त नागरिक एकताबद्ध हौं रास्ट्रीयताको पक्षमा नि:स्वार्थ उभिऔं स्वतन्त्र राष्ट्रिय अभियानमा सरिक हौं ।।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij