
श्रावण १८देवदह। नेपाली कांग्रेस रुपन्देही जिल्ला संगठन विभागले स्थानिय तहका सभापतिहरुको भेला सम्पन्न गरेको छ । काँग्रेसको नेतृत्वमा शान्ति र संविधान काँग्रेसकै नेतृत्वमा समृद्धीको अभियान भन्ने नारा बोकेको नेपाली काँग्रेसको रुपन्देही जिल्ला संगठन विभागले बुथ सभापतिहरुको भेला गरेको हो ।
भेलालाई सम्बोधन गर्दै रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकले आगामी अधिवेशनको लागि सबै स्थानिय तहका सभापतिहरु र क्रियाशिल सदस्यहरु नेपाली काँग्रेस लाइ बलियो बनाउन लाग्न आग्रह गर्नु भएको हो । नेपाली काँग्रेस कार्यसमिती सदस्य तथा संगठन विभाग प्रमुख बासुदेव रिमालको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही जिल्ला सचिव रामकृष्ण खाँणले पार्टी को विधि र विधान अनुसार क्रियासिल वितरण गरिने हुनाले पार्टी मा निष्ठावान् व्यक्तिलाई क्रियासिल वितरण गरिने बताउनु भएको थियो । भेलामा केन्द्रिय निति तथा अनुन्धान प्रशिक्षण विभागका सदस्य मदन कट्टेलले पार्टिको सदस्यहरुलाई टोल , वडा ,नगर,क्षेत्र र जिल्ला को दायित्व र कर्तव्य माथि प्रकाश पार्नुहुदै पार्टि नया सदस्य विस्तारको बारेमा पनि प्रस्टयाउनु भएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा जिल्ला सदस्य बासु रिमालले आफुले पाएको जिम्मेवारी लाई पार्टीको सफलता पुर्वक सम्पन्न गर्ने र हरेक स्थानिय तह गाउँगाउमा पुगेर पार्टी संगठनलाई विस्तार गर्ने बताउनु भएको थियो । संगठन विभाग उप (संयोजक बाबुराम भट्टराईको स्वागत तथा संगठन विभाग सचिव सुदर्सन नेपालको संचालनमा कार्यक्रम भएको थियो।



Copyright © All right reserved to Lumbini Pana Site By: Sobij