श्रावण २० ,देवदह।रुपन्देहीको देवदह नगरपालिका शितलनगर स्थित मगर संघको क्वारेन्टिनमा सुरक्षामा खटिएका सुरक्षागार्डले
शरीरमा मट्टीतेल खन्याएर आत्महत्याको प्रयास गरेका छन्।
देवदह नगरपालिकाले संचालन गरेको क्वारेन्टिनमा सुरक्षागार्डको जिम्मेवारीमा रहेका देवदह ६का २४ बर्षीय बिपिन बस्यालले बिहान करिब तिन बजेतिर शरीरमा आगो लगाइरहेको अवस्थामा स्थानीयले देखे पछि आगो निभाउने प्रयास गरि प्रहरीलाई खबर गरेका थिए।
के कति कारणले आत्महत्याको प्रयास गरे त्यो भने खुलिसकेको छैन। उनको देवदह मेडिकल कलेज भलुहीमा उपचार भैरहेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ।
घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।




Copyright © All right reserved to Lumbini Pana Site By: Sobij