देवदहमा विद्युत कटौती समस्या :युवाहरुद्वारा प्राधिकरणको ध्यानाकर्षण
देवदहमा विद्युत कटौती समस्या :युवाहरुद्वारा प्राधिकरणको ध्यानाकर्षण
7.5K
SHARES
निर्मल एसपी मगर,
श्रावण २२ देवदह। देवदहमा पटक पटक विद्युत कटौती हुने, एक दुई मिनेटमा विद्युत जाने आउने समस्या बारम्बार दोहोरीए पछि सर्वसाधारण र व्यवसायी हैरान भएका छन् ।सामन्य पानि र हावाहुरी आउदा समेत विद्युत कटौती भए पछी र व्यापक जनगुनासो आएपछी विद्युत प्राधिकरणको देवदह शाखामा युवाहरुको टोलीले समस्या समाधानको निम्ति ध्यानकर्षण गरेका छन।
हावाहुरीले पोल ढाल्ने, रुख भाँचिएर तारमा पर्ने जस्ता समस्याले विद्युत अनियमित भएको र देवदह क्षेत्रमा समस्या देखिएको खण्डमा कर्मचारी फिल्डमा खटेर जतिसक्दो छिटो विद्युत सुचारु गर्ने कार्य भैरहेको र योगीकुटी तथा अन्य फिडरवाट लाइन अबरुद्द हुदा समस्या भएको नेपाल विद्युत प्राधिकरण देवदह शाखाका प्रमुख शशीराज भण्डारीले बताउनु भयो।
बिजुलीका तारलाई असर गर्न सक्ने सभावित हागाहरुलाई काटेर व्यवस्थापन गरिएको र सडक विस्तारका क्रममा सडक बिभागले रुख काटेर व्यवस्थापन गरेर पछि विद्युत अबरुद्द हुने समस्या समाधान हुने र अर्को मुख्य समस्या भनेको बिजुलीका तारहरुको औसत आयु करिब ३० वर्ष भए पनि बिजुलीका ताराहरु पचास वर्ष भन्दा बढी भैसकेकोले जिर्ण तारहरु फेर्नुपर्ने भैसकेको शशीराज भण्डारीले बताउनु भयो। सडक बिस्तार गर्ने क्रममा तार हरु फेर्न अथवा अपग्रेड गर्न आफुहरुले पहल गर्ने र आम नगर वासीले पनि यसको लागि माथिल्लो निकायमा आवाज उठाउनुपर्ने बताउनुभयो।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका अन्तर्गत ज्यामिरेमा योगीकुटीमा जस्तै ठुलो सबस्टेशन निर्माण हुन् लागेको र निर्माण सम्पन्न भए पछी योगीकुटीको मात्रै भर पर्नु नपर्ने भएकोले देवदहमा विद्युत कटौतीको समस्या हल हुने शशीराज भण्डारीले बताउनु भयो।
देवदहमा बारम्बार विद्युत कटौती हुने समस्याको दिर्घकालिन समाधानको लागि प्राधिकरणलाई ध्यानाकर्षण गराएको नेकपा नगर सदस्य युवा इन्चार्ज विकास गहतराजले जानकारी दिनुभयो। नगरपालिका बोर्ड सदस्य बन्धु कुमाल ,देवदह व्यापार संघका सचिब मधु श्रेष्ठ ,रास्ट्रीय युवा संघ क्षेत्रिय उपाध्यक्ष भरत बोहोरा ,सदस्यहरु मिठ्ठु थापा ,बिपिन बोहोरा ,योगेश प्रधान लगायत युवाहरुको सहभागिता रहेको थियो।