
श्रावण २३ देवदह।रुपन्देहीको देवदहमा अवस्थित गरिमा बैंकका एक जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि उनि संग सम्पर्कमा रहेका हरुको स्वाब संकलन गरि परिक्षण गरिएको मध्य २४ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ। जस मध्य एक जनाको भने रिपोर्ट आउन बाकि रहेको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

बैंकका कर्मचारीलाई कोरोना पोजेटिभ देखिए पछि देवदहको गरिमा बैंक र एक मेडिकल सिल गरि संक्रमितको परिवार ,संक्रमितको परिवार संग सम्पर्कमा आएका अन्य केहि सर्बसाधारण र बैंकका कर्मचारीको स्वाब संकलन गरि परिक्षण गरिएको थियो।
रिपोर्ट नेगेटिभ आएकाहरुलाई १० दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले जानकारी दिनुभएको छ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij