रास्ट्रीय युवा संघ देवदहद्वारा प्रहरीलाई मास्क र सेनीटाइजर वितरण
रास्ट्रीय युवा संघ देवदहद्वारा प्रहरीलाई मास्क र सेनीटाइजर वितरण
3.5K
SHARES
श्रावण २४,देवदह।रास्ट्रीय युवा संघ देवदहले प्रहरीलाई मास्क र सेनीटाइजर वितरण गरेको छ। कोरोना भाइरस (कोभीड-१९) को संक्रमण दिनदिनै बढिरहेको बेला जोखिम मोलेरै आफ्नो कार्यमा तल्लीन प्रहरी चौकी देवदहका प्रहरीलाई मास्क पन्जा र सेनीटाइजर वितरण गरिएको हाे ।
‘कोरोनाको उच्च जोखिम मोलेर फ्रन्टलाइनमा स्वास्थ्य कर्मी पछी दैनिक खट्टिनुपर्ने प्रहरीलाई कोरोनाको उच्च जोखिमका बाबजुद आफ्नो पेशाबाट विचलित नभइ सुरक्षितसाथ काम गर्न सजिलाे हाेस् भनेर मास्क पन्जा र सेनीटाइजर वितरण गरिएको रास्ट्रीय युवा संघ देवदहका इन्चार्ज विकास गहतराजले बताउनु भयो।
देवदह प्रहरी चौकीका इन्चार्ज दिपक महत क्षेत्रिले जनशक्ति अभाव हुदा हुदै पनि कोरोना रोकथाम लगायत सुरक्षाको लागि प्रहरीहरु लागिपरेको बताउनुभयो। प्रहरी जनाताको साथि भएको बताउदै समुदायमा संक्रमण फैलन नदिन र सुरक्षा चुस्त दुरुस्त राख्न युवाहरुको साथ महत्वपूर्ण हुने बताउनुभयो।युवाहरु तथा अन्य संघ सस्थाले प्रहरीलाई दिने साथ सहयोग र हौसलाले जनाताको सेवामा खट्न थप उर्जा थप्ने इन्चार्ज दिपक महत क्षेत्रिले बताउनुभयो।
कार्यक्रम रास्ट्रीय युवा संघ नेपालका क्षेत्रिय सदस्य मिठ्ठु गिरीको अध्यक्षता तथा मधु श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो।