देवदहका स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण पुष्टी
देवदहका स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण पुष्टी
23.5K
SHARES
श्रावण २५,देवदह।लुम्बिनी प्रादेशिक हस्पिटलमा कार्यरत देवदहका एक जना स्वास्थ्य कर्मिमा पनि कोरोना पोजेटिभ देखिएको छ। देवदह ५ का ४२ बर्षीय महिला स्वास्थ्य कर्मिमा कोरोना पोजेटिभ देखिएको हो।
रुपन्देहीको देवदहमा रहेको गरिमा बिकास बैंकका एक जना कर्मचारीलाई कोरोन पोजेटिभ देखिएपछि देवदह नगरपालिकाले लक डाउन गरि कोरोना भाइरस समुदायमा फैलिएको आशंका गर्दै परिक्षणको दायरा बढाएको छ।
बैंकका कर्मचारी ,संक्रमितका आफन्त र अन्य सम्पर्कमा आएका २५ जनाको स्वाब परिक्षण गर्दा बैंकका ३७ बर्षीय महिला कर्मचारीलाई पनि पनि कोरोना पोजेटिभ देखिएको छ। अन्य २४ जनाको भने रिपोर्ट नेगेटिभ आएको थियो।
यो संगै देवदहमा कोरोना संक्रमित हुनेहरुको संख्या १६ पुगेको छ। जस मध्य ९ जना कोरोना निको भै घर फर्किएको एक जनाको मृत्यु भएको र 6 जना आइसोलेसनमा उपचाररत छन।