साउन २८ देवदह। देवदहमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ। देवदह ७ कि ३० बर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो। यो संगै देवदहमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ। जस मध्य ११ जना उपचार पछी डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु र ७ जना उपचाररत रहेका छन।

देवदहमा क्वारेन्टिनमा बसेका बाहेकलाई कोरोना संक्रमण देखिएको थिएन। सर्बसाधारणहरु कोरोना नभएको ढुक्क महशुस गरे । देवदहका बजारमा चहलपहल बढ्न थाल्यो। निर्वाध रुपमा सर्वसाधरण हिड्डुल गर्न थाले । तर,साउन १९ गतेदेखि देवदहमा लगातार कोरोना संक्रमित देखिन थालेका छन् ।

देवदहकै मुख्य बजार खैरेनीमा गत साउन १९ गते गरिमा बैंकका कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएपछि भित्र भित्रै कोरोना फैलिएको अनुमान गरिएको छ।बैंकका कर्मचारीमा कोरोना देखिए संगै उनि संग सम्पर्कमा रहेका २५ जनाको स्वाब परिक्षण गर्दा पुन सोहि बैंकका अर्का कर्मचारीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो।
समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरि थप ५० जना समुदाय स्तरको स्वाब परिक्षण गर्दा २७ जनाको रिपोर्ट आइसकेको र थप एक जना देवदह ४ भवानीपुरका स्वास्थ्य कर्मीलाई पनि संक्रमण पुष्टी भैसकेको र देवदह ११ का सिद्दार्थ सिमेन्टमा काम गर्ने युवालाई पनि कोरोन पोजेटिभ देखिएको थियो।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij