श्रावन ३० देवदह।रुपन्देहीको देवदह ९ बुद्दनगर घोडाहामा क्रेनको ठक्कर बाट एक जनाको मृत्यु भएको छ। शारीरिक रुपमा अशक्त रहेका स्थानीय३५ बर्षीय धन प्रसाद चापागाईंलाई क्रेनले ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको हो।

शितलनगर वाट घोडाहा घर तर्फ जादै गर्दा घोडाहा पुलमा बुटवल तर्फ गैरहेको लु १ क ४२४४ नम्बरको क्रेनले ठक्कर दिएको देवदह ९ का वडा अध्यक्ष्य केशब भट्टराईले गुराँस मिडियालाई जानकारी दिनुभयो।
क्रेन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेको देवदह प्रहरी चौकीका इन्चार्ज दिपक महतले जानकारी दिनुभएको छ। क्रेन धनि शितंसु प्रताप सिंहको रहेको खुलेको छ।



Copyright © All right reserved to Lumbini Pana Site By: Sobij