श्रावन ३१ देवदह।देवदहमा लक डाउनको अवधि अर्थात साउन २० गते देखि हाल सम्म १० दिनको अवधिमा ७ जना कोरोना संक्रमित देखिएका छन। गत साउन १९ गते खैरेनीमा रहेको गरिमा विकास बैंकमा कार्यरत कर्मचारीलाई कोरोना पोजेटिभ देखिए पछि देवदह नगरपालिकाले २० गते देखि अनिश्चितकालिन लक डाउन घोषणा गरेको थियो।
बैंकका कर्मचारीमा संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रेसिंङ्ग मार्फत २५ जनाको स्वाब संकलन गरि परिक्षण गर्दा थप एक जना ३७ बर्षीय सोहि बैंकमा कार्यरत कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो। त्यस्तै लुम्बिनी प्रादेशिक हस्पिटलमा कार्यरत देवदह ५ कै ४२ बर्षीय महिला स्वास्थ्य कर्मिमा कोरोना पोजेटिभ देखिएको थियो।
लक डाउन अवधिमै भारतीय सेनामा कार्यरत रही बिदामा आएका देवदह १० का २६ बर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको थियो।
समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरि देवदह नगरपालीका स्वास्थ्य शाखाले व्यवसायी ,कर्मचारी ,स्वास्थ्यकर्मी र संचारकर्मी गरि ५० जनाको स्वव संकलन गरेको थियो। जस मध्य देवदह ४ का मेडिकल संचालक बर्षीय महिलामा कोरोन पोजेटिभ देखिएको छ। लक डाउन अवधिमै सिद्दार्थ सिमेन्टमा कार्यरत देवदह ११ का २७ बर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको थियो।
साउन २८ गते देवदह ७ का स्थानीय ३० बर्षीय महिलालाई कोरोना संक्रमण पुष्टी भएपछी संक्रमित भेटिएको टोलनै सिल गरिएको छ। साउन ३० गते देवदह ७ मा थप एक जना कोरोना संक्रमित थपिएका छन। युएई बाट आएर होम क्वारेन्टिनमा बसेका युवकमा कोरोना पोजेटिभ देखिएको हो।
यो संगै देवदहमा लक डाउन अवधिमा साउन १९ गते संक्रमण पुष्टी भएका बैङ्कका कर्मचारी सहित ८ जनामा संक्रमण देखिएको छ। जस मध्य देवदह ५ का ७५ बर्षीय बृद्दको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
हाल देवदह नगरपालिकाको ४ वटा क्वारेन्टिनमा ५९ जना रहेको जस मध्य ५६ जना होम क्वारेन्टिनमा रहेका छन। हाल सम्म ३७० जनाको पिसिआर परिक्षण भैसकेको र कन्ट्र्याक्ट ट्रेसिङ्गको काम कन्ट्र्याक्ट इन्भेस्टिकेसन एन्ड कन्ट्र्याक्ट ट्रेसिङ्ग(CICTT)टिमले गरिरहेको छ।
जम्मा २० संक्रमित मध्य ११ जना निको भै घर फर्किएको र आठ जना सक्रिय संक्रमितको उपचार भैरहेको देवदह नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ