सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

"बन्द गर यि गुटबन्दी"कविता।

"बन्द गर यि गुटबन्दी"कविता।

images
  • 1.8K
    SHARES

  • images
    images
    images
    "बन्द गर यि गुटबन्दी"कविता।
    images
    images
    images

    टोल ईकाई र केन्द्र ,
    शिक्षण शिकाई र क्षेत्र ,
    भुगोल अखण्डता र देश,
    जलथल, सिमाना र परिवेश !!

    जहाँ पनि गुट ,
    जेमा पनि गुट ,
    जहिले पनि गुट ,
    जता हेर्यो गुट ,
    जता ततै गुट ,

    ए चैतेलाल ,
    हे दैत्यलाल ,
    ओ अर्धलाल ,

    गुटको साम्राज्य अरु बिस्तार गर,
    लगा भगवानमा भागबन्डा ,
    अनि मोज गर !!

    रामभक्तले शिव मन्दिर जला ,
    बिस्णुभक्तले कृष्ण मन्दिर जला ,
    कालिले हनुमानको ,
    दुर्गाले सरस्वतीको मन्दिर जला !!
    हिन्दु, बुद्ध ,ईसाई, मुस्लिम !
    लगा द्वन्द्व !!

    अनि हेर तमाशा ,
    खेल होलि !!

    ओलि-प्रचण्ड गुट मात्र किन ?
    देउवा-रामचन्द्र गुट मात्रै पनि किन ?
    राम गुट र शिव गुट पनि बना ,
    कतै जानकी
    कतै त्रिपूरा सुन्दरी
    कतै उग्रचण्डि
    कतै वाराही
    कतै छिन्नमस्ता
    कतै सरस्वती गुट पनि बना !!

    आ-आफ्नै संस्कृतिको हुँकार लगा
    आ-आफ्नै वर्चस्वको पुकार लगा

    फरक आस्थाको निमोठ घाँटि ,
    निचोड पसिना ,
    चुस रगत ,
    लुछ मासु ,
    बजा करङ्गको गिटार ,
    बजा खोपडिको खैजडी ,
    बजा नलि खुट्टोको बाँसुरी !!

    लगाउ शहरमा आगो ,
    झोस्देउ बनमा आगो ,
    भत्काईदेउ मानव निर्मित संरचना ,
    उखेलिदेउ प्रकृतिको गहना !!

    हे कलियुगका दानव हो ,
    यदि तिमिहरु मानव हौ भने
    बन्द गर यी नरसंहार ,
    बन्द गर यी भागबन्डा ,
    अनि सदाका लागि ,
    बन्द गर यी गुटबन्दी !!

    राम चन्द्र तिम्सिना
    (आवाज)

    images
    images
    • शनिवार, श्रावण ३१ २०७७०८:१४:१५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij