कोभिड १९ ले समाजमा पारेको प्रभाव र रोकथामको बिषयमा छलफल सम्पन्न
कोभिड १९ ले समाजमा पारेको प्रभाव र रोकथामको बिषयमा छलफल सम्पन्न
1.2K
SHARES
भदौ १ ,देवदह। रुपन्देहीको देवदहमा सिभिल सोसाइटी देवदहले कोरोना भाइरस कोभिड १९ ले समाजमा पारेको प्रभाव रोकथामको लागि स्थानीय तहको भूमिका के के हुन् भन्ने बिषयमा छलफल गरेको छ। जुम मार्फत गरिएको छलफल कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि ,बुद्दिजिबि ,नागरिक समाजका प्रतिनिधि ,स्थानीय ब्यापारी लगायतको सहभागितामा भर्चुअल बैठक सम्पन्न भएको हो।
कार्यक्रमको सुरुवातमा नागरिक समाज देवदहका अध्यक्ष कृष्ण प्रसाद पौडेलले नगरपालिकामा समाजको तर्फ बाट बुझाएको ज्ञापन पत्र पढेर सुनाउदै पिसिआर टेस्ट पछि पनि संक्रमित लाई घरमै आइसोलेशनमा राख्ने गरि गरिएको निर्णय सच्याउदै नगरपालिका स्तरीय आइसोलेशन निर्माण गरि नागरिकको बाच्न पाउने हक र अधिकारको प्रत्याभूति गर्न अनुरोध गर्दै हाल गरिएको बन्दा बन्दि (लक डाउन) नागरिकलाई सास्ती नहुने गरि गर्नको लागि सुझाब दिनुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्रीले नागरिक समाजले भने बमोजिमनै नगरपालिकाले देवदह शितलनगरमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसलाई आइसोलेशनको लागि स्थान तय गरिएको भन्दै देवदह नगरमा हाल सम्म २१ जना कोरोना संक्रमित भएकोमा ११ जनाले स्वास्थ्य लाभ गरि घर फर्किसक्नु भएको ,९ जनाको उपचार जारि रहेको ,र १ जनाको निधन भएको विवरण सुनाउनु भएको थियो।
बैठकमा देवदह नगर अध्यक्ष प्रकाश अर्याल ,नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सदस्य बासुदेब रिमाल ,समाजसेवी तथा पत्रकार सिद्दिचरण भट्टराई,व्यवसायी प्रमोद खनाल ,मित्रलाल न्यौपाने ,गोबिन्द ठडराई लगायतले स्थानीय तहले हाल सम्म कोरोना संक्रमण रोकथामको लागि गरेका कार्यहरु र अबका योजनाहरुको बिषयमा जिज्ञासा र सुझाब राख्नु भएको थियो।
कार्यक्रम नागरिक समाज देवदहका सचिब डासिराम पाण्डे संचालन जयकिशन अधिकारीको स्वागत राम बहादुर गुरुङको धन्यबाद ज्ञापन र नागरिक समाज देवदहका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सक्म्पन्न भएको थियो।