सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा जनप्रतिनिधिमा पनि कोरोना पुष्टी,संक्रमितको संख्या २२ पुग्यो

देवदहमा जनप्रतिनिधिमा पनि कोरोना पुष्टी,संक्रमितको संख्या २२ पुग्यो

images
  • 3.6K
    SHARES

  • images
    images
    images
    देवदहमा जनप्रतिनिधिमा पनि कोरोना पुष्टी,संक्रमितको संख्या २२ पुग्यो
    images
    images
    images

    भदौ १ ,देवदह। रुपन्देहीको देवदहमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ। लामो समय देखि मुटु तथा मृगौला रोग बाट ग्रसित भै घरमै बसी उपचार गराई रहेका देवदह 11 का ६० बर्षीय देवदह नगरपालिका कार्यपालिका सदस्यमा कोरोना संक्रमण पुष्टी भएको हो। यो संगै देवदहमा कोरोना संक्रमण हुनेहरुको संख्या २२ पुगेको छ।

    eranii.gif

    images
    images
    images

    साउन २२ गते उपचारको लागि त्रीबी शिक्षण हस्पिटल काठमाडौँ गएकोमा आज उनमा कोरोना संक्रमण पुष्टी भएको हो। हाल उनको सोहि हस्पिटलमा उपचार भैरहेको र उनि संग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने काम देवदह नगरपालिका स्वास्थ्य शाखा अन्तर्गत कन्ट्र्याक्ट इन्भेस्टिकेसन एन्ड कन्ट्र्याक्ट ट्रेसिङ्ग(CICTT)टिमले गरिरहेको जानकारी प्राप्त भएको छ।

     

    95390669_236320977579304_6852950483493978112_n.jpg

    त्यस्तै ५० जनाको स्वाब संकलन गरिएको मध्य देवदह ४ का औषधि व्यवसायी ३९ बर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको थियो। उनि संग सम्पर्कमा आएका थप १२ जनाको स्वाब परिक्षणको लागि पठाएको र रिपोर्ट आउँ बाकि रहेको देवदह नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।

    upachaहाल देवदहमा २२ जना संक्रमित मध्य १२ जना उपचार पछि घर फर्किएको र ९ जनाको उपचार जारि रहेको छ। देवदह ५ का ७६ बर्षीय बृद्दको भने असार १७ गते निधन भैसकेको छ।

     

    ads.gif

    images
    images
    • सोमवार, भाद्र १ २०७७०९:२२:११
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij