भदौ ४ ,देवदह।रुपन्देहीको देवदहमा कोरोना संक्रमणका कारण एक जनाको निधन भएको छ। देवदह नगरपालिका ३ शिशपुरका ७० वर्षीय पुरुषको उपचारका क्रममा देवदह मेडिकल कलेज देवदहमा मृत्यु भएको देवदह नगरपालिकाका स्वास्थ्य संयोजक काशीनाथ बञ्जाडेले जानकारी दिएका छन्।
पक्षघात, उच्चरक्तचाप र मधुमेहका रोगी उनी केहीदिन अघि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गर्न गएका थिए। कलेजले उनलाई घर पठाएपछि उनी देवदह मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो।
स्वासप्रस्वासको समस्या देखिएपछि उनको अवस्था नाजुक बन्दै गएको र हिजो मात्रै उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । उनको निधनपछि कलेजलाई सिल गरिएको छ भने उपचारमा संलग्न भएकाहरुलाई सेल्फ आइसोलेशनमा राखिएको छ।
उनीहरुको भोलि शुक्रबार कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गरिने र परिवारको पनि पीसीआर गर्ने उनले बताए। अहिले शिशपुर क्षेत्र पनि सिल गरिएको छ ।यो संगै देवदहमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या २ पुगेको छ। यस अघि देवदा ५ का ७५ बर्षिय पुरुषको त्रीबी शिक्षण अस्पतालमा असार १७ गते उपचारको क्रमममा निधन भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij