भदौ ७ ,देवदह।देवदह नगरपालिकामा पछ छिल्लो २४ घन्टामा ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको।जस मध्ये १ जना देवदह ७ को ३८ बर्षको महिला ,१ जना देवदह ८ का २८ बर्षीय पुरुष र १ जना देवदह ३ का क्वारेन्टिनमा बसेका २६ बर्षका पुरुष रहेको देवदह नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।
संक्रमित मध्य देवदह ८ का पुरुष संक्रमितको परिवार केहि दिन अघि लुम्बिनी प्रादेशिक हस्पिटलमा डेलिभरी केशको उपचार गराउनको लागि गएको र त्यहि वाट सरेको अनुमान गरिएको र थप विवरण आउँ बाकि रहेको देवदह ८ का वडा अध्यक्ष दण्ड पाणी भट्टराईले जानकारी दिनुभयो।
यो संगै देवदहमा कोरोना संक्रमित हुनेहरुको संख्या ३० पुगेको छ। जस मध्य १६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किसकेका १२ जना संक्रमित उपचाररत रहेको र दुइ जनाको मृत्यु भएको देवदह नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।
हाल देवदह नगरपालिकाले संचालन गरेको ४ ओटा क्वारेन्टिनमा ४४ जना होम क्वारेन्टिनमा ६१ जना रहेका छन। त्यस्तै हाल सम्म ४५० जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ।



Copyright © All right reserved to Lumbini Pana Site By: Sobij