देवदहमा थप २ जनामा कोरोना संक्रमण पुष्टी ,संक्रमितको संख्या ३२ पुग्यो
देवदहमा थप २ जनामा कोरोना संक्रमण पुष्टी ,संक्रमितको संख्या ३२ पुग्यो
4.0K
SHARES
भदौ ८ ,देवदह।देवदह नगरपालिकामा पछिल्लो २४ घन्टामा २ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।जस मध्ये देवदह ३ का ५८ बर्षीय पुरुष र सोहि वडाकै ३८ बर्षीय महिला रहेको देवदह देवदह नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।
उनीहरु दुवै जना एकै परिवारको रहेको र गत भदौ ४ गते देवदह ३ का ७० वर्षीय पुरुषको उपचारका क्रममा देवदह मेडिकल कलेज देवदहमा निधन भएको मृतकका परिवारको सदस्य रहेको बुझिएको छ। पक्षघात, उच्चरक्तचाप र मधुमेहका रोगी उनी भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गर्न गएका थिए। कलेजले उनलाई घर पठाएपछि उनी देवदह मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो।पिसिआर रिपोर्ट पोजेटिभ आएको भोलिपल्ट उनको निधन भएको थियो।
कोरोना संक्रमित दुवै जना स्वास्थ्य कर्मिको निगरानीमा रहेको र क्वारेन्टिनमा लैजाने तयारी भैरहेको देवदह नगरपालिका वडा ३ का वडाअध्यक्षबैकुण्ठ बहादुर कुवरले गुराँस मिडियालाई जानकारी दिनुभएको छ। यो संगै देवदहमा कोरोना संक्रमित हुनेहरुको संख्या ३२ पुगेको छ।