सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा ३५ बेडको आइसोलेशन वार्ड तयार

देवदहमा ३५ बेडको आइसोलेशन वार्ड तयार

images
  • 4.6K
    SHARES

  • images
    images
    images
    देवदहमा ३५ बेडको आइसोलेशन वार्ड तयार
    images
    images
    images

    भदौ ८ देवदह। कोरोना भाइरसका कारण संक्रमीत बिरामीको उपचारका लागि देवदहमा ३५ बेडको आइसोलेशन वार्ड तयार भएको छ।देवदह नगरपालिकाको शितलनगरमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसमा रहेको भवनलाई आइसोलेशन वार्डमा परिणत गरिएको देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले बताउनु भयो।

    यस अघि २५ बेडको अस्थायी क्वारेन्टिन स्थापना गरिएको र सोहि क्वारेन्टिनलाई आइसोलेशन वार्डमा परिणत गरिएको थियो। तर कोरोना संक्रमितको संख्या घट्दै गएपछि र जोखिम कम हुदै गएपछि क्याम्पस पनि संचालनमा आउने कुरालाई मध्यनजर गर्दै आइसोलेशन वार्ड हटाइएको थियो। हाल नगरपालिकामा समुदाय स्तरमै कोरोना देखिएको र आफ्नो नगरपालिकाका कोरोना संक्रमितको उपचारमा सहज होस भन्ने हेतुले तत्काललाई ३५ बेडको आइसोलेशन वार्ड निर्माण गरिएको देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहदुर केसीले बताउनुभयो।

    आज निर्माण सम्पन्न भएको आइसोलेशन कक्षमा दुइ जना पुरुष र एक जना महिलालाई आज बाट राख्ने तयारी भैरहेको देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले बताउनु भयो। आइसोलेशन वार्ड निर्माण भए संगै देवदह नगरपालिकामा भेतिएका संक्रमितलाई अस्पतालमा ल्याएर उपचार गर्ने कार्य सहज हुने भएको छ ।हाल सम्म देवदह नगरपालिकामा ३२ जना कोरोना संक्रमित फेला परेका छन।

    95390669_236320977579304_6852950483493978112_n.jpg

    images
    images
    images

    ads.gif

     

    images
    images
    • सोमवार, भाद्र ८ २०७७०८:१४:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij