भदौ ९ ,बुटवल। रुपन्देही जिल्लामा आज एकै दिन ६९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। कञ्चन गाउपालिका २३, बुटवल उपमहानगरपालिका १८ जना, सिद्धार्थनगरमा ९, शुद्धोधनमा २, मायादेवीमा ७, देवदहमा २, ओमसतियामा १, सम्मरीमाईमा ३ र सियारीमा ४ जनामा संक्रमण देखिएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार २६ महिला र ४३ पुरुषमा संक्रमण पुष्टि भएको हो। आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ७ सय ३६ पुगेको छ। जस मध्य ३४६ जना निको भएर घर फर्किसकेका छन, ३८४ जना उपचाररत छन् भने ६ जनाले ज्यान गुमाएका छन।
जस मध्य देवदह नगरपालिकाका दुइ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ। कोरोना पोजेटिभ देखिएका दुवै जना देवदह ७ का हुन्। ओमान बाट १० दिन अघि स्वदेश फर्किएर होम क्वारेन्टिनमा बसेका २९ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।
त्यस्तै अर्का एक जना भने अन्दाजी ३३ बर्षीय नेपाल टेलिकमको देवदह शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ। १२ दिनअघि काठमाडौं गएका उनको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij