भदौ १२,रुपन्देही।रुपन्देहीको ओमसतिया गाउँपालिकामा आज एकै दिन आठ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। गाउँपालिकाको वडा नम्बर दुइ को ४ जना जस मध्य ३ महिला ५२ ,२५ र २३ बर्ष र २४ बर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै वडा नम्बर १ का ३ जना ३८, १८ २७ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। प्रदेश जनस्वास्थ्य कार्यालयमा गरिएको परिक्षण ८ जनामा कोरोना पोजेटिभ देखिएको छ। एक जना संक्रमितको भने वडा र उमेर खुल्न सकेको छैन।
समुदाय स्तरमा कोरोना पोजेटिभ देखिएपछि ओमसतिया गाउँपालिकाले लक डाउन जारि गरेको छ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij