वडाअध्यक्षले थर्काए कर्मचारी ,कारबाही नहुदा सम्म नगरपालिकाको कामकाज ठप्प
वडाअध्यक्षले थर्काए कर्मचारी ,कारबाही नहुदा सम्म नगरपालिकाको कामकाज ठप्प
5.2K
SHARES
भदौ १७ ,देवदह। रुपन्देहीको देवदह नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि बीच टेलिफोन मार्फत झगडा भएको अडियो क्लिप बाहिरिएको छ। अडियो क्लिपमा वडा नम्बर १२ का वडाअध्यक्ष बाबुलाल यादबले हेलपोस्टको बिषयलाई लिएर देवदह नगरपालिकामा कार्यरत कर्मचारी रमेश गिरि (अधिकृत सातौलाई) अश्लिल भाषा प्रयोग गरि थर्काएका छन।
देवदह नगरपालिका कर्मचारी परिवारको तर्फ बाट जारि प्रेस बिज्ञप्तिमा घरमै बसिरहेको अवस्थामा भदौ १७ गते बिहान वडाअध्यक्षले फोन गरि अत्यन्तै अश्लिल र अमर्यादित भाषामा गालि बेइजति र धम्कीको भाषा प्रयोग गरिएकोले देवदह नगरपालिका कर्मचारी परिवार घोर आपत्ति प्रकट गर्दै कानुनि कारबाहीको दायरामा ल्याउन माग गरिएको छ। साथै वडाअध्यक्षलाई कानुनि कारबाहीको दायरामा नाल्यौदा सम्म कर्मचारी बाट गरिने कार्यसम्पादन गर्न नसकिने समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ।