पानबारी मैदान र कोशेली भवनको हाल सम्मको विवरण एक हप्ता भित्र बुझाउनु:अख्तियार
पानबारी मैदान र कोशेली भवनको हाल सम्मको विवरण एक हप्ता भित्र बुझाउनु:अख्तियार
6.5K
SHARES
भदौ २०,देवदह।रुपन्देहीको देवदह ५,पानवारीमा निर्माण भइरहेको शहीद नरबहादुर नेपाली फुटबल खेलमैदानको हाल सम्म भएको निर्माण गतिविधिको विवरण १ हप्ता भित्र बुझाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले देवदह नगरपालिकाको नाममा पत्र काटेको छ।
पानाबारी खेल मैदान निर्माणका लागि प्रदेश सरकारबाट ०७५ /०७६ मा विनियोजित भएको रकम वाट सम्झौता अनुसारको काम नगरी रकम हिनामिना गरेको भन्ने सम्बन्धमा वास्तविकता के हो ?उक्त योजना अन्तर्गत के कति रकम ,के कुन निकाय वाट बिनियोजन भएको हो?उक्त योजनाको स्वीकृत सस्म्झौता पत्र ,नापी किताब ,कार्य सम्पन्न प्रतिबेदन ,खर्च विवरण खुल्ने कागजातहरु,भुक्तानी भएको रकमको गोश्वारा भौचरको प्रमाणित प्रतिलिपि तथा योजना स्थलमा भए गरेको कामको भौतिक अवस्था देखिने गरि खिचिएको रंगिन तस्बिर समेतको प्रमाणित प्रतिलिपि पत्र प्राप्त भएको सात दिन भित्र पठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आदेश दिएको छ।
त्यस्तै देवदह ७ मा निर्माण सम्पन्न हुन गैरहेको बहुउद्देश्यीय भवन निर्माणको लागि के कति रकम कुन निकाय वाट प्राप्त भएको ,सोको सम्झौता पत्र ,नापी किताब ,कार्य सम्पन्न प्रतिबेदन ,खर्च विवरण खुल्ने कागजातहरु ,भुक्तानी भएको रकमको गोश्वारा भौचरको प्रमाणित प्रतिलिपि , योजना स्थलमा भए गरेको कामको भौतिक अवस्था देखिने गरि खिचिएको रंगिन तस्बिर समेतको प्रमाणित प्रतिलिपि पठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले आदेश दिएको छ।
प्रदेश ५,सरकारले शहीद नरबहादुर नेपाली फुटबल खेलमैदान निर्माणको लागि ७५ लाख रकम विनियोजन गरेको थियो । हेटौडामा रहेको शास्वत कन्ट्रक्सन कम्पनीले करिव ५७ लाखमा उक्त योजनाको ठेक्का लिएको थियो।सरकारको एक स्थानीय तह, एक खेलमैदान अनुरूप प्रदेश सरकारको लगानीमा खेलमैदानको निर्माण हुन लागिरहेको थियो।
खेल मैदानको फिलिंगको काम पुरा नभई कागजपत्र मिलाएर रकम भुक्तानी दिन खोजेको भन्ने कुरा आएपछि पुनः मूल्यांकन गर्न प्रदेश सरकारलाई आग्रह गर्ने देवदह नगरपालिकाको कार्यपालिकाको बैठकले निर्णय गरेको थियो। निर्माणको ठेक्का लिएको कम्पनीले भने नियमानुसार काम भएको र आफुले काम गरेको रकम पाउनुपर्ने अडान राख्दै आएको ।