भोको पेटको सहारा बन्यो स्वाठी युथ सर्कलद्वारा संचालित फुड बैंक
भोको पेटको सहारा बन्यो स्वाठी युथ सर्कलद्वारा संचालित फुड बैंक
1.8K
SHARES
भदौ २३ सुनवल, निर्मल एसपी मगर कोरोना महामारीको कारण दैनिक ज्यालादारी गरिखाने मजदुर र अभावमा परेकाहरुलाई देशभर बिभिन्न संघ सस्थाहरुले सहयोग नगरिरहेको छ। हुनेले दिएर जानुहोस ,नहुनेले लिएर जानुहोस भन्ने मूल नारा सहित बिगत १३ दिन देखि स्वाठी युथ सर्कलले फुड बैंक स्थापना गरि अभावमा परेकाहरुको लागि खाद्यान्न सामग्री वितरण गरिरहेको छ।
फेसबुक ग्रुप वाट सक्रिय रुपमा सामाजिक काम गरिरहेको स्वाठी युथ सर्कलले पद होइन काम बाडौ भन्ने मूल नारालाई आत्मसाथ गर्दै काम गरिरहेको ग्रुपका सदस्य निर्दोष बश्यालले जानकारी दिनुभयो। प्रत्यक सिङ १०० जना गरि १३ औ दिन सम्म आइपुग्दा १३०० बढी घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिसकिएको आयोजकले जानकारी दिएको छ।
फुड बैंक स्थापना गरि संचालन गर्न हाल सम्म स्थानीय सामाज सेवी ,राजनीतिक दलका नेता ,उद्योगपति ,जनप्रतिनिधिले सहयोग गरेको र बिशेष गरि सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा,रामग्राम नगरपालिकाका मेयर नरेन्द्र प्रसाद गुप्त्ता,स्थानीय समाजसेवी राम चन्द्र सापकोटा ,सुनिल नाथ योगी ,संकर नाउ ,मन्नुप्रसाद शर्मा ,बचत नाथ योगीलाई स्वाठी युथ सर्कलले बिशेष आभार प्रकट गरेको ।
लगातार १३ दिन सम्म अहोरात्र खटेका ग्रुपका सदस्यहरु निर्दोष बश्याल ,सुदिप राना ,नबिन योगी, आशिष बुढाथोकी ,प्रभु पासी ,अक्ष कुवार ,सन्तोष थापा ,अमन अग्रहरी ,संगम परियार ,अर्जुन कुवर,अन्जन भट्टराई ,मिलन बुढाथोकी ,सुशान्त चौधरी ,मदन घर्ति ,बादल खत्री ,अमित योगी उज्ज्वल कुवर ले सामाजिक काम गर्न पाउदा खुशी लागेको र आगामी दिनहरुमा सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्दता व्यक्त गरेका छन्।