लुम्बिनी मेट्रो सिटि प्रालिले असोज १ गते वाट बस चलाउने निर्णय गरेको छ। बिगत ६ महिना देखिको लक डाउनको कारण यातायात व्यवसायी प्रतक्ष्य मारमा परेका छन। बैंक किस्ता ,कर्मचारीको गुजारा लगायतका समस्याक कारण व्यवसायी मर्कामा परेको र सरकारले पनि लक डाउन मात्रै गर्ने तर यातायात व्यवसायीको समस्याको बिषयमा सुनुवाई नगरेको लुम्बिनी मेट्रो सिटि प्रालिका अध्यक्ष धन बहादुर अधिकारीले बताउनु भयो।
लुम्बिनी मेट्रो सिटी प्रालिले ९ वोटा ac बस बुटवल भैरहवा, बेलहिया र बुटवल बर्दघाट रुटमा संचालन गर्दै आएको छ।