नेकपाका प्रबक्ता नारायण काजि श्रेष्ठका अनुसार शुक्रवारको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई संशोधनसहित पारित गर्ने निर्णय गरेको जानकारी दिए।
उनका अनुसार झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदलले दिएको संशोधनको सुझाव अनुसार त्यसो गरिनेछ।
एमसीसीलाई लिएर लामो समयदेखि सत्ताधारी दलभित्रै विवाद देखिदैँ आएको छ।
बैठकले पार्टीको मार्ग निर्देशनमा सरकार चल्ने तर सरकारको दैनिक कार्यमा पार्टिको हस्तक्षेप नहुने निर्णय पनि गरेको उनले बताए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij