
२७ भदौ २०७७ । सुनिल गिरी
रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देबदहले अन्तरास्ट्रिय साक्षरता अभियानलाई सार्थक तुल्यानका निम्ति महामारीमा शिक्षा विषयक शैक्षिक बहस कार्यक्रम प्रबिधिको प्रयोग गर्दै भब्यताका साथ भर्चुअल जुम मार्फत सम्पन्न गरेको हो । क्लबका अध्यक्ष रोटर्याक्टर अर्जुन गुरुङ ज्युको अध्यक्षता तथा देबदह नगरपालिकाका नगर शिक्षा अधिकारी टीकाराम सर्मा ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेसनल प्याब्सननका केन्द्रिय सदस्य कृष्ण प्रसाद पौडेल तथा नेसनल प्याब्सन प्रदेश ५ का उपाध्यक्ष बिस्णु प्रसाद पौडेल रहनु भएको थियो भने अतिथिका रुपमा देबदह नगरपालिकामा अबस्थित सम्पुर्ण निजि बिध्यालयका प्राचार्य होमनाथ ढुङगाना राम बहादुर थापा, राजिब सापकोटा, टिकाराम चापागाइ , कृष्ण गैरे , गणेश डुम्रे बिस्णु अर्याल , बिनोद थापा , कमल पौडेल , कृष्ण बहादुर क्षेत्री,केशब खनाल एबम अन्य शैक्षिक बेक्तित्वहरु रहनु भएको थियो । कार्यक्रमको औचित्य माथी प्रकाश क्लबका पुर्ब अध्यक्ष रोटर्याक्टर माधब आचार्य ज्युले गर्नु भएको थियो । कार्यक्रममा निजि शिक्षक , अभिभावक , बौद्धिक युवा बेक्तित्व एबम क्लबका सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय सदस्य कृष्ण प्रसाद पौडेल , नेसनल प्याब्सन प्रदेश ५ का उपाध्यक्ष बिस्णु प्रसाद पौडेल लगायत निजि बिधालयका सम्पुर्ण प्राचार्यहरुले आआफ्नो बिचार बेक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि देबदह नगरपालिकाका नगर शिक्षा अधिकारी टीकाराम सर्मा ज्युले बिस्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमणका कारण शिक्षा क्षेत्रमा ठूलो क्षेती पुगेको र यसलाई निराकरण गर्नका निम्ति बैकल्पिक शिक्षालाई जोड दिदै कुनै पनि विधि अपनाइ शैक्षिक सत्र पूरा गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । क्लबका पुर्ब अध्यक्ष रोटर्याक्टर माधब ढकाल ज्युको स्वागत , कार्यक्रम सम्योजक रोटर्याक्टर राजु पाण्डे ज्युको धन्यवाद ज्ञापन एबम क्लबका इन्टरनेसनल सर्भिस डिरेक्टर रोटर्याक्टर आबिस्कार पराजुली ज्युको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij