सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा निर्माण हुन लागेको १५ सैयाको हस्पिटल शिलन्यास

देवदहमा निर्माण हुन लागेको १५ सैयाको हस्पिटल शिलन्यास

images
  • 3.7K
    SHARES

  • images
    images
    images
    देवदहमा निर्माण हुन लागेको १५ सैयाको हस्पिटल शिलन्यास
    images
    images
    images

    भदौ ३१ , निर्मल एसपी मगर

    118784484_2712280032208352_570753874290824323_n.gif

    images
    images
    images

    रुपन्देहीको देवदह नगरपालिकामा निर्माण हुन लागिरहेको १५ बेडको हस्पिटल शिलन्यास कार्यक्रम सम्पनन्न भएको छ।नेकपा स्थायी कमिटी सदस्य रुपन्देही क्षेत्र नम्बर १ का सांसद माननीय छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथितिले भर्चुअल बिधि बाट कार्यक्रमको शिलन्यास गर्नुभएको हो।शिलन्यास कार्यक्रममा बोल्दै बिश्वकर्माले अहिले निर्माण हुन लागिरहेको हस्पिटलले निर्माण सम्पन्न भए पछि पश्चिम नवलपरासीको सुनवल नगरपालिका र आसपासका केहि स्थानीय तह ,पाल्पा जिल्लाको माथागढ़ी गाउपलिका र देवदह संग सिमाना जोडिएका केहि स्थानीय तहका सर्बसाधारणलई सहज हुने बताउनु भयो। साथै हस्पिटल निर्माण सम्पन्न गर्न सबैको साथ र निगरानी आवश्यक रहेको बिश्वकर्माले बताउनु भयो।

    Image may contain: one or more people and people standing

    कार्यक्रममा प्रदेश सांसद माननीय डा कृष्ण न्यौपानेले अहिले निर्माण हुन लागिरहेको हस्पिटललाई पछि ५० बेड सम्मको बनाउन सकिने बताउनु भएको छ।देवदहको गौरबको रुपमा सुबिधा सम्पन्न हस्पिटल बन्न लागिरहेकोले निर्माण सम्पन्न गर्न सबै मिलेर सहयोग गर्नुपर्ने न्यौपानेले बताउनु भयो। हस्पिटल निर्माण संम्पन्न गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने न्यौपानेले बताउनु भयो। विश्वभर फैलिरहेको कोरोना भाइरस नेपालमा पनि फैलिरहेको र नियन्त्रको लागि लक डाउन गरीए पनि अब बिस्तारै लक डाउन खुकुलो गराउदै लैजानु पर्ने र संक्रमण रोकथामको लागि नागरिक सचेत रहनुपर्ने सांसद न्यौपानेको भनाइ थियो।

    नेपाल सरकारको एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने निति र योजना अनुरुप संघीय सरकार र देवदह नगरपालिकाक‍ो ५० ,५० प्रतिशत बजेटमा अस्पताल निर्माण हुन गैरहेको देवदह नगरपालिका नगरप्रमुख हिरा बहादुर खत्रीले बताउनु भएको छ। देवदह स्वास्थ्य
    चौकीको १ बिघा क्षेत्रफलमा निर्माण हुन लागिरहेको अस्पताललाई पछि ट्रमा सेन्टरको रुपमा लैजाने स्तरिय सवा प्रदानगरिने अपेक्षा गरिएको
    नगरप्रमुख खत्रीले बताउनुभयो।

    Image may contain: 2 people, people standing, beard and outdoor

    देवदह नगरपालिकाले स्वास्थ्य क्षेत्रमा निरन्तर कम गरिरहेको जेष्ठ नागरिकलाई औषधि वितरण ,बच्चा हरुलाई कुपोषण बाट जोगाउन स्वास्थ्य कर्मी लागिरहेको समेत खत्रीले बताउनु भयो। कोरोना संक्रमण देखिएकालाई उपचारको लागि निर्माण हुन लागेको ५ बेडको कोभिड बिशेष अस्पताल निर्माणको प्रक्रिया अगाडी बढेको समेत खत्रीले बताउनु भयो।

    रु ९५९८०९२६.८१(भ्याट सहित) लागत अनुमान गरिएको अस्पताल निर्माणको लागि चितवन स्थित Om Satyasai- Bhimjyoti- Om Infratech JV, भरतपुर ले रु ६,७५,४१,१३५.२६ (भ्याट समेत) २०७७/०३/२४ मा ठेक्का सम्झौता गरेको र २०८०/०३/२४ सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरिएको हो।

    Image may contain: 2 people, people standing and outdoor

    शिलन्यास कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे ,देवदह नगरपालिकाका नगर उपप्रमुख बिद्या लक्ष्मी गुरुङ ,नेकपा नगरअध्यक्ष प्रकाश अर्याल,यज्ञ गैरे ,गोबिन्द पंगेनी ,मोतीलाल ढकाल ,प्रकाश अर्याल ,यम राना ,बासुदेब रिमाल ,गुनाखर भुर्तेल ,टिकाराम चापागाई पार्वती न्यौपाने लगायत राजनीतिक दलका नेता,जनप्रतिनिधि देवदह स्वास्थ्य चौकीका पदाधिकारी ,सरोकारवाला र संचारकर्मीको उपस्थिति रहेको थियो।

    शिलन्यास कार्यक्रम देवदह स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा देवदह नगरपालिकाका प्रबक्ता झिल्लु प्रसाद न्यौपानेको अध्यक्षता,रुद्रमान ढकालको स्वागत र नारायण पोखरेलको संचालनमा सम्पन्न भएको थियो।

    118756363_329877011701203_3445680361491121271_n.gif

    95390669_236320977579304_6852950483493978112_n.jpg

    images
    images
    • बुधवार, भाद्र ३१ २०७७१२:५२:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij