असोज ३,देवदह।देवदह नगरपालिकाकी उपप्रमुख बिद्या लक्ष्मी गुरुङ लगायतको टिमले बाढी पहिरोले क्षेति पुर्याएको ठाउंको अनुगमन गरेको छ। देवदह ९ र १० मा दुइ दिन अघि आएको अविरल वर्षाका कारण केहि घरहरुमा क्षेति पुगेको र उपप्रमुखको टोलीले सोहि ठाउंको अनुगमन गरेको हो।
देवदह नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष केशब राज भट्टराई,संचार कर्मीको टिम सहित उपप्रमुख गुरुङले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको हो।
त्यस्तै गत भदौ २७ गते घोडाहा खोलाले बगाएर मृत्यु भएको देवदह नगरपालिका–८ की ६४ बर्षिय भिमेश्वरा चिदी मगरको परिवारलाई पनि उपप्रमुख सहितको टिमले भेटेको छ। नेकपा देवदहका नगर अध्यक्ष प्रकाश अर्याल ,देवदह ८ का वडा अध्यक्ष डण्डपानी भट्टराइ,देवदह नगरपालिका कार्यपालिका सदस्य बन्धु कुमाल लगायतको सहभागिता रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij