सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

ट्रमाबाट घर जान्छु भनेर निस्किएका डा.केसी टिचिङ अस्पताल पुगे

ट्रमाबाट घर जान्छु भनेर निस्किएका डा.केसी टिचिङ अस्पताल पुगे

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    ट्रमाबाट घर जान्छु भनेर निस्किएका डा.केसी टिचिङ अस्पताल पुगे
    images
    images
    images

    118756363_329877011701203_3445680361491121271_n.gif

    आश्विन ६ ,काठमाडौं। डाक्टर गोविन्द केसी ट्रमा सेन्टरबाट निस्किएर त्रिवि शिक्षण अस्पतालका पुगेका छन् । आफ्नो अवस्था सामान्य रहेको भन्दै घर जाने इच्छा व्यक्त गरेपछि राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले उनलाई डिस्चार्ज गरेका थिए ।

    images
    images
    images

    डाक्टर केसी ट्रमाबाट बाहिरिए लगत्तै आफ्ना सहयोगीहरुका साथमा ट्याक्सी चढेर त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन् .डा केसीका सहयोगी हिमालयन कार्कीका अनुसार डा केसी अहिले त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । उनले आफ्नो स्वास्थ्य जाँच त्रिवि शिक्षण अस्पतालमा गराउने र अस्पतालमा बसेर अनसनलाई जारी राख्ने कार्कीले खबरहबलाई बताए ।

    “डा केसी ट्रमा सेन्टरबाट घर जाने भनेर डिस्चार्ज हुनुभयो, त्यहाँबाट ट्याक्सी चढेर त्रिवि शिक्षण अस्पतालमा आएर आकस्मिक कक्षमा भर्ना हुनुभएको छ,” डा केसीका सहयोगी कार्कीले भने, “अब यहाँको सामान्य प्रेसर सुगर लगायतका स्वास्थ्य जाँच हुँदैछ । स्वास्थ्य जाँच गर्न माने पनि अनशन भने माग पूरा नभएसम्म जारी राख्नुहुन्छ । ”

    यसअघि डा केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको थियो । डा. केसीले आफूले ट्रमामा चेकजाँच नगर्ने अडान लिएका थिए । उनले ओली सरकारले जबरजस्ती अपहरण गरेर ट्रमा पुर्‍याएको बताएका थिए ।

    118784484_2712280032208352_570753874290824323_n.gif

    images
    images
    • मंगलवार, आश्विन ६ २०७७०७:१३:४३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij