
निर्मल एसपी मगर
असोज ११ ,गुल्मी।अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि गुल्मीको रिडी रुद्रवेणी सडक अवरुद्ध बनेको छ।अवरुद्ध सडक खुलाउने काम भइरहेको ठुलो पहिरो खसेको कारण पहिरो हटाउन केहि दिन लाग्ने बताइएको छ।

गुल्मी -रिडि रुद्रबेनि सडक खण्ड स्थित खोपा नजिकै आज दिउसो करिब ३ बजे तिर ठूलो पहिरो गएको र उक्त पहिरो केही दिन खुल्ने सम्भावना नरहेकोले सडक खण्ड सुचारु नहुदा सम्म उक्त सडक खण्डमा यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय गुल्मीले सूचना जारि गरेको छ।
लगातारको वर्षाका कारण गुल्मीका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij