सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

ओलीलाई सचिवालय बैठक बोलाउन आग्रह गर्ने निर्णय

ओलीलाई सचिवालय बैठक बोलाउन आग्रह गर्ने निर्णय

images
  • 938
    SHARES

  • images
    images
    images
    ओलीलाई सचिवालय बैठक बोलाउन आग्रह गर्ने निर्णय
    images
    images
    images

    कार्तिक २१,काठमाडौँ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्चिरहेको बेला बैठक पक्षधर सचिवालयका नेताहरुको  पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको छ । अनौपचारिक भनिएको सचिवालयका शीर्ष नेताहरुको सो बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि खुला छलफल आवश्यक रहेकाले पार्टी बैठक तत्काल बोलाइनुपर्ने निष्कर्ष निकालेको छ । 

    बैठकले सचिवालय बैठक बोलाउन प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय गर्दै आज बैठकमा सहभागी भएका नेताहरु शनिबार ओलीलाई भेट्न बालुवाटारमा जाने तय भएको समेत पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 
    बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका थिए ।  ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने बैठकमा उपस्थित भएनन् ।

    images
    images
    images

    बिहीबार अध्यक्ष केपी शर्माओली र प्रचण्डबीच बालुवाटारमा कुराकानी भएपनि सहमति जुट्न सकेको थिएन । बरु दुई नेताबीच भनाभन भएको समाचार बाहिर आएका छन् ।  

    पार्टीभित्रको विवाद चर्किँदै जाँदा ओलीले बैठक नै नबोलाउने अडान लिँदै आएको नेताहरुको भनाइ छ । यहीबीचमा ओलीले सार्वजनिक रुपमै पार्टीका नेताहरुविरुद्ध खनिँदै प्रसंगमै नरहेको आफ्नो राजीनामा माग्न थालिएको बताउन थालेका छन् । ओलीले बुधबार र बिहीबार आफ्नो राजीनामा मागिएको भन्दै पार्टी नेताहरुमाथि आक्रोश पोखेका थिए ।  

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, कार्तिक २१ २०७७०५:१४:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij